जबरजस्ती करणीका आरोपी वडाध्यक्ष श्रेष्ठले गरे आत्मसर्मपण
बारा | पुस १८, २०७९
बारा: नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीमक्षम आत्मसर्मपण गरेका छन् ।
जबरजस्ती करणीको आरोप लागेका निजगढ नगरपालिका–२ का वर्ष ३९ को वडाध्यक्ष राजु श्रेष्ठ आइतबार राति पौने ९ बजे ईलाका प्रहरी कार्यालय निजगढमा आफैँ उपस्थित भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
सोही ठाउँ बस्ने १४ वर्षीया नाबालिकालाई असोज १९ गते वडाध्यक्ष श्रेष्ठले आप्mनै घरमा बोलाएर जबजरस्ती करणी गरेको आरोप छ । नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २५ गते आफन्तले ईलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका थिए ।
नाबालिकालाई जबजरस्ती करनी गरेको अभियोगमा आत्मसर्मपण गरेका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बारा जिल्ला अदातलबाट म्याद थप गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

